साहित्य

आज सोक्रेट्स हारेछ

-कविता                                                                                                                           -सुरेन्द्र सिटौला

परापुर्ब कालमा
सोक्रेट्स विरुद्ध मुद्दा चल्यो
मुद्दाको युद्धमा उ एक्लै थियो
सहासी सोक्रेट्स
बिना हात हतियार
केवल सत्य उचाल्दै
युद्ध मोर्चामा एक्लै उभियो
उसको सत्यलाइ सत्ताले मार्यो
इतिहास लाई सोधे हुन्छ
सोक्रेट्सले जितेर हार्यो ।

बर्तमानमा सोक्रेट्स फेरि हार्यो
न्यायको सत्य सत्ताले मार्यो
नारीको सतीत्व सत्ता सग हार्यो
बर्तमानको आखिझ्याल बाट
कुरि कुरि भन्दै
समय लजाउदै बस्यो
न्याय डरले कुलेलम कस्यो
न्यायाधीश !
सत्ताको जन्जिर भित्र फस्यो
परिणामतः
सोक्रेट्स फेरि
सत्यको सगरमाथाबाट तल खस्यो
उसको सत्यलाइ सत्ताले मार्यो
अनि
सोक्रेट्सले फेरि जितेर हार्यो ।

सोक्रेट्स हारेको खुसियाली सर्बत्र छाएछ
सुन्छु !
सोक्रेट्सले मृत्यु दण्ड पाएछ
समयले खुसुक्क मलाइ भन्यो
यस्तै छ कान्छा याहाको चलन !
सत्यलाइ सत्ताले चक्रब्युहमा पारेछ
पोप धर्मगुरुको न्यायालयमा
आज सोक्रेट्स फेरि हारेछ ।