काठमाडैं । गोली प्रहारबाट जर्मनिमा आठ जनाको मृत्यु भएको छ । अन्धाधुन्ध गोली प्रहारबाट जर्मनीको पश्चिमी शहर हनाउस्थित शीशा बारमा आठ व्यक्तिको मृत्यु भएको हो ।
स्थानीय समय अनुसार राति १० बजे उक्त बमबारी भएको थियो । गोली लागी अन्य ५ अजा घाईते भएका छन् भने घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।
सिटी सेन्टरमा रहेको बारमा पहिलो गोली चलेको केही समयमै हनाउ शहरकै कसेलस्टाड नजिक पुनः दोस्रो पल्ट अर्काे गोली प्रहार भएको थियो ।
ठुलो सङख्यामा रहेको संदिग्धहरुको समुहले अन्धाधुन्ध गोली प्रहारगरी परार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।
पहिलो गोली काण्डमा तीनको मृत्यु भउको थियो भने दोस्रो पटक अन्य पाँच जनाको मृत्यु भएको प्रहरीलाई उदृद गर्दै बिबिसिले उल्लेख गरेको छ ।
उनीहरुको खोजिका लागि हेलिकप्टरमार्फत पनि प्रहरी परिचालन गरिएको छ ।