काठमाडौ । एनसेलप्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत बिहीबार (फागुन ८) मासिक र साप्ताहिकविजेताग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेकोछ ।
ईलामकी गंगामाया राई र रुपन्देहीका टीकारामबलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही १० लाख जितेका छन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो योजनामंसिर १ देखि तीनमहिना संचालन गरेको थियो ।
राई यस योजनाअन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख जितेका हुन् । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाखनगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए ।
बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख पुरस्कार ग्राहण गरेको छन् । योजनाको ११ औं हप्ताअन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख जिते भने १२ औं हप्ताअन्तर्गत बाराका अरमान देवानले रु २ लाख जितेका छन् ।
कलाकार जितु नेपाल रसन्ध्या के.सीले बिहीबार एक कार्यक्रम माझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजनाअन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहकमध्ये, ३४ जनाग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकीग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।