बाग्मती

त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु भएको छ ।

आइतबार बिहान ना५ख ३७७७ नं.को सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकरको मृत्यु भएको हो ।

दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।