काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले १५ किलोको नेपालको केक काट्न दलबलसहित हेलिकप्टर चार्टर गरेर तेह्रथुम गई भोज खुवाउने कार्यले लज्जा बोध भएको बताएकी छन् । नेपालको नक्सालाई केक काटेर खाएकोमा बिश्वभरका नेपालीहरुले रातभर प्रधानमन्त्री केपी ओलीको बिरोध गर्ने कार्य बिहान हुँदा त झनै बढेर गएको छ ।
डा संग्रौलाले सामाजिक सञ्जाल फेसबुुकमा स्टाटस् लेख्द्यै यसो भनिन्ः कम्युनिष्ट प्रधानमन्त्री अोलीले शजसि जन्म मनाउदै नेपालको नक्सा भयको केक कात्दै गर्दा नेपालका भोको पेट । नाङ्गो शरीर र अशाह गरिब नेपाली जनताले के के सोचे होलान् ? आफुले बनाएको आचार संहिता बिपरित दलबल सहित चार्टर हेलिकप्टरमा तेह्रथुम आठराइ पुगि १५ किलोको केक काट्न र ६ हजारलाई भोज खुवाउनु सर्बहारा प्रधानमन्त्रीलाई लाज लागेन ?
यस्तै अर्थबिद प्रकाशचन्द्र लोहनीले आफुलाई नेपालको नक्साको केक काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले खाएकोमा दिक्क लागेको बताउँदै यस्तो लेखेका छन्ः हामी जन्मदिनमा पूजाकोठा मा पुजा गर्ने र मन्दिर जाने गर्दछौं हाम्रो प्रधानमन्त्री गरिब जनताको साथमा रहने र ‘समाजबाद उन्मुख’ भएर होला हेलिकोप्टरबाट केक लगेर काट्नु भयेछा तर नेपालको नक्साको केक लाई टुक्रा टुक्रा पारेर काट्ने सल्लाह कसले दियो। मलाई त दिक्क लाग्यो।
देवराज थापा भन्छन्ः
सर्बप्रथम त जन्मदिनको शुभकामना प्रम ज्यु,
जन्मघरमा जन्मदिन मनाउने इच्छा सुन्दर लाग्यो, डा. उपेन्द्र देवकोटाले पनि गोर्खा सिस्नेरीधारा को पानी खाने अन्तिम ईच्छा पूरा गरेका थिए।टेबुलमाथी राखेको भारतीय झन्डा नजिक खुट्टा राख्दा भारतीय टेनिस खेलाडी सानिया मिर्जा देशको अपमान गरेको अभियोग सामना गर्दै माफी मागेकी थिईन। सोही रिसमा पाकीस्तानि क्रीकेट खेलाडीसंग बिहे गरेर भारत छाडिन। राष्ट्रियताप्रती शाषक कडक नै हुनुपर्नेमा तपाईको चाहाना नै हो कि फसायो कसैले ? नेपालको नक्सालाई केक बनाएर तपाईले काटीरहँदा मेरो स्वाभिमान उसैगरी टुक्रीयो…। देश त मेरो सधै अटल रहनेछ।
बाबुराम आचार्य भन्छन्ः नेपालको नक्सालाई केक बनाइ काट्दै जन्म दिन मनाएकोमा गम्भीर आपत्ति छ, प्रधानमन्त्री ज्यु