सूचना प्रविधि

एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’

काठमाडौं । एनसेलप्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफरल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापतभ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदालिन सक्नेछन् ।

यो अफर यहीबिहीबार (फागुन १५) देखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमाल्याईएको यो अफर अन्तर्गतएनसेलकाप्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रतिमिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।

भ्वाइस सेवामापाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमालागु हुनेछ । यस अफरबाट फाइदालिनकालागिग्राहकले *१७१०# डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् ।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमकाआधारमा भ्वाइस सेवामाविभिन्न समयसिमा रहेका छुटबाट लाभलिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनकालागिपाउनेछन् । २००, ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभक्रमशः १४ दिन, २१ दिन र ३० दिनकालागिलिन सक्नेछन् ।

यसैगरी ग्राहकहरुले १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनकालागिपाउनेछन् ।

यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँगथपनजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।