रजनी श्रेष्ठ / महिलालाई एक शब्दमा परिभाषित गर्दा श्रृष्टिकर्ता भन्ने चलन छ । संसारमा सुन्दरता, भावना र प्रेरणा जस्ता महत्वपूर्ण कुराहरु महिलाको कल्पनाबाट श्रृजना भएका हुन् । महिला एक जननी हुन् । जननी एउटा बच्चा मात्र जन्माउदिनन् जननी हर प्रकारको श्रजनाहरु जन्माउछिन् । महिलासंग यस्तो एउटा कला छ त्यो हो काल्पनिक कला, कल्पना गरेर एउटा सुन्दर कला र प्रतिभा जन्माउन सक्छिन् । महिला आफैंमा एउटा पुर्ण आर्टिस्ट हुन् । उनले आफैंलाई र यो संसारलाई कसरी सुन्दर बनाउनुपर्छ भन्ने पुर्ण ज्ञान राखेकी हुन्छिन् । महिला एक सन्दरताको प्रतिमुर्ति हुन् सुन्दरताले संसारको हरेक प्राणीलाई आकर्षण गर्ने गर्दछ । सुन्दरता मानव संसारको एक आधारभुत आवश्यक्ता हो । चाहे त्यो शरिरिक रुपले होस, वा मानसिक, या भावनात्मक रुपले होस् सुन्दर हुनु जरुरी छ । सुन्दर हुनको लागि संसार नै लालायीत भएर प्रतिष्पर्धा पनि गरिरहेका हुन्छन् त्यो सान्दर्भिक पनि छ ।
सत्य युगको समयमा भगवान श्री महादेव देवी पार्वतीको यौवन र अपार सुन्दरतामा मन्त्रमुग्ध भएर आकर्षणमा लिप्त भएका थिए । जसका कारण पार्वतीलाई आफ्नो अर्धागिंनीको रुपमा पाउनको लागि विष्णु भगवानको सहायताले छल गरि विवाह रचाउनु भएको धार्मिक इतिहास रहेको छ । जसरी देवी पार्वतीले महादेवसंग विवाह पश्चात यो संसारलाई आफु समान सुन्दर श्रृष्टि गर्नुभयो । जसमा धार्मिक हिसावले पनि पुष्टि हुन्छ कि संसारमा सुन्दरता आवश्यक छ । हामी नेपालको प्रकृतिक सुन्दरताको नै कुरा गरौं । नेपालको भौगोलिक अवस्था माथी सेता सुन्दर हिमाल नेपालीकोे शीर जस्तै उच्च र अटल, बिचमा ठुल्ठुला पहाड, पहाडबाट झरेका झरना, खोला, तल सम्म घरको आँगनजस्तो आँगनमा झुलेका धानका बालाहरु हेर्दा जो कसैको ध्यान आर्कषण गराउछ । झन बनजंगलमा फुलेका हजारौं थरीका सुन्दर फुल, चराचुरुगीं, जीव जनावर, हावा, पानीले मन्त्रमुग्ध बनाई नियाल्न बाध्य पार्ने गर्दछ । जसकारण नेपालमा बर्षेनी हजारौं, लाखौंको संख्यामा आन्तरिक तथा बिदेशी पर्यटकहरु नेपलको प्रकृतिसंग रमाउने गर्दछन् । विदेशी पर्यटकहरु जव एक पटक नेपालको प्रकृतिसंग घुलमिल्छन् स्वदेश फर्कन विर्सन्छन् । यसले मानिसको जिवनमा सुन्दरता र आकर्षणको कस्तो महत्व राख्दछ ? भन्ने कुराकोे प्राकृतिक प्रमाण दिन्छ ।
अव कुरा गरौं बर्तमान समयमा महिलाको लागि सुन्दरता र श्रृंगार कति आवश्यक छ ? सर्वप्रथमत महिलाको एउटा मात्र पहिचान हुदैन । महिलाले समाजमा भिन्न भिन्न रुपमा प्रस्तुत हुनुपर्दछ । महिला एक आमा हुन्, एक बुहारी हुन्, एक छोरी हुन्, एक श्रीमती हुन्, उनी एक प्रेमीकामात्र होईनन् । उनी एक कार्यालयकी रिसेप्सनीष्टदेखी राष्ट्रप्रमुख सम्म हुन् । आदीइत्यादी हरेक पहिचानमा फरक फरक रुप धारण गर्नुपर्ने हुन्छ । रहेक रुपको आफ्नै जिम्मेवारी र शैली रहेको छ । जसका कारण आफ्नो पहिचान र जिम्मेवारी अनुरुपको श्रृंगार र सुन्दरता जरुरी हुन्छ । एउटी महिलाले परिवारको हरेक सदस्यलाई माया, प्रेम, सदभाव र एकताको डोरीमा बाँधेर हेरचाह खानपान सु–स्वास्थ्य देखी भोलीको भविश्य सम्मको जिम्मेवारी लिएर काम गर्नुपर्ने हुन्छ जसका लागि आँट, हिम्मत र क्षमताको साथ साथै सुन्दरता र आकर्षण पनि जरुरी हुन्छ । आफुमा क्षमता हुँदा हँुदै पनि परिवारको सदस्य आफुप्रति आकर्षित छैन, खुसी छैन भने आफ्नो जिम्मेवारी राम्रोसंग पुरा गर्न सकिदैन । महिला आफुमा शारिरीक, मानशिक र भावनात्मक रुपमा सुन्दर र आकर्षक छैन भने कुनैपनि कामको जिम्मेवारी लिने शाहस गर्न सक्दैनन् । सुन्दरताले मानिसको आत्माविश्वास बढाउन मद्धत गर्दछ । त्यसमाथी महिलाको त श्रृङ्गार झनै महत्वपूर्ण हुन्छ । जसले गर्दा महिलामा हीनताको भावना पैदा हुन सक्दैन । सफा र सुन्दरताले मानिसलाई समाजमा आत्माविश्वासका साथ हरेक काममा अग्रसर हुन अभिप्रेरित गर्दछ ।
महिलाहरुको लागि श्रृंगार र सुन्दरता अत्यावश्यक रहेको पुराणहरुमा पनि पाईन्छ । सुन्दरता महिलाको गहना हो । विषेश गरी अझै बिवाहित महिलाको लागि श्रृंगार अनिबार्य हुन्छ । बिवाहको निसानाको रुपमा चुरा पोते सिन्दुर र रातो कपडा लगाउने प्रचलन रहेको छ । महिलाहरु सुन्दर र आकर्षक हुँदा निक्कै खुसी र सुखी महशुस गर्ने गर्दछिन् । घरमा एउटी महिला सुन्दर, आकर्षक र खुसी रहेमा सम्पुर्ण परिवारका सदस्य नै खुसी हुने गर्दछ । जुन घरमा महिला खसी हुन्छिन् त्यस घरमा धनकी देवी लक्ष्मी समेत प्रसन्न भई घरमा बास गर्छिन् भन्ने धार्मिक मान्यता छ । यसका साथ साथै अहिले विश्वमा सुन्दरी प्रतियोगिता समेत हुन थालेको छ । जसले श्रृंगार र सुन्दरताले एउटा राम्रो मुल्याङकन, सम्मान र स्थान पाउन थलेको छ ।
पछिल्लो समयमा मानसीक र भावनात्मक सुन्दरताको साथ साथै शारिरीक सुन्दरताको पनि होडबाजि चलेको देखीन्छ । प्राकृतिक सुन्दरता आजको समयलाई पर्याप्त भएको देखीदैन । त्यसैले बजारमा विभिन्न किसिमको श्रंगारका सामानहरु पाउने गरेको छ । विभिन्न किसिमका ब्राण्ड र देशी विदेशी श्रृंगारका सामानले बजार भरिएको छ । सुन्दरता र श्रृंगारले एक प्रकारको व्यावसयीक रुपमा बजार पइरहेको छ । बजारमा थरी थरीका मेकअप, हेयर स्टाइल, डे«सअप र फरक परक स्टाइलका श्रृंगारहरु चलनचल्तीमा आएको पाइन्छ । यसले धेरै मानिसलाई व्यावसायी र रोजगार बनाएको छ । धेरैको जिविकोपार्जनको स्रोत बन्न सफल भएको छ । जसरी फेसनेवल श्रृंगारको होड चलेको छ त्यतिकै श्रृंगार सामग्रीको ब्राण्ड र मुल्य बृद्धिको बजारमा होड नै चलेको छ । आजभोली श्रृंगार र फेसनको बजार यति महंगिएको छ कि एक साधारण मानिसले दैनिक प्रयोग हुने श्रृंगारका सामान चुरा, पोते र काईयो किन्न नसक्ने भइसकेको छ । साधारण व्यक्तिले कपाल र दारी काट्न नसक्ने गरी व्यवशायीहरुले भाउ राख्ने गरेका छन् । जसले गर्दा सामान्य परिवारको दैनिक जिवनमा नै असर पर्ने गरेको पाईन्छ ।
सुन्दरताका लागि श्रृंगार आवश्यक छ । तर यसरी फेसनको नाममा बिदेशी ब्राण्ड र श्रृंगारका सामान प्रयोगले देशमा उत्पादन भएको सामान र नेपालि प्रोडकडले बजार पाउन छाडेको होकि भन्ने लाग्न थालेको छ । फेसन, श्रृंगार र पहिरणमा आएको परिवर्तनले नेपाली समाजको प्राकृतिक सुन्दरता र मौलिकतालाई विदेशी श्रृंगारको लेपले छोप्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यसले समाजमा श्रृंगारको नराम्रो असर पार्न सकिन्छ । श्रृङ्गारलाई सही रुपमा प्रयोगले सुन्दर त बनाउछ । तर अनावश्यक रुपमा देशी विदेशी नक्कलगरी आफ्नो मौलिकता नै गुम्ने गरी सुन्दरताको लागि फेसन र श्रृंगार गर्नु उचित देखिदैन । यसले समय र पैसाको खर्च मात्र गराउदैन, आफुले सोचे अनुरुरप सुन्दर हुन नसक्दा आत्माविश्वास समेत गुमाउन सक्छ । तसर्थ सुन्दताको लागि श्रृंगार जरुरी छ । तर आफ्नो अवस्था र आवश्यक्ता अनुसार मात्र श्रृंगार गर्नु उचित देखीन्छ ।