राजनीति

प्रधानमन्त्री ओलीदेखि मन्त्रीहरुले कसरी घर बनाएका छन्, त्यो खोजी गरौं: गगन थापा

काठमाडौं ।‬‪ नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. बाबुराम भट्टराईको भनाइमा सहमति जनाउदैं ‪प्रधानमन्त्रीहरुको मात्रै नभई मन्त्रीहरुको पनि सम्पत्ति छानविन गर्न आग्रह गरेका छन् ।‬‪

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गर्न माग गरेका थिए ।‬‪ त्यसपछि अन्य नेताहरुले पनि भट्टराईको भनाइमा सहमति जनाएका छन् ।‬‪

नेता थापाले फेसबुक पेजमा एउटा स्टाटस लेख्दै भनेका छन्, “‪प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानबिन गराैँ । ‬‪यस्तो जिम्मेवारी लिएका/लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन, कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔँ ।”‬