राजनीति

७७ जिल्ला र बिदेशमा बस्ने बिश्वभरका नेपालीसँग सल्लाह गरेरमात्र पार्टी खोल्छौंः रमेश खरेल

काठमाडौं । पुर्व डिआईजीपी रमेश खरेलले भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीसँग सहकार्य गर्ने कार्यबाट अलग्गिएको बताएका छन् । देवेन्द्र सिटौला, राजकुमार यादव सहित आफूहरु ज्ञानेन्द्र शाहीको टिमलाई शुभकामना दिएर विचार नमिलेका कारण निश्किएको बताएका छन् । आफूहरुको ७७ जिल्लामा गएर देशभर दाजुभाईदिदीबहिनीहसँग सल्लाह लिएर अगाडी बढ्ने भन्ने प्रस्तावमा सहमती हुन नसकेपछि अलग्गिएका हौं ।

मन्त्री गोकुल बाँस्कोटाको ७४ करोडको भ्रष्टाचार भनेको त एउटा सामान्य कुरामात्र हो, यो पाँच प्रतिशतमात्र हो, ९५ प्रतिशत भ्रष्टाचारका कुराहरु बाहिर आएका छैनन् । देशभित्र र बाहिरका दाजुभाईदिदीबहिनीसँग सल्लाह गरेर अगाडी बढ्ने खरेलले बताए । यससागसँगै अभियान घोषणा संयुक्त रुपमा गर्ने ज्ञानेन्द्र शाही र रमेश खरेलको कार्यक्रम सुरुवातीमै टुंगिएको छ । २९ बर्ष प्रहरी सेवामा काम गरेर डीआईजीबाट अबकाश भएका रमेश खरेलले राजनीति गर्दै देशको मुहार फेर्ने सपनासहित देखाएको चासो सफल होला नहोला त्यो हेर्न बाँकी छ तर  घोषणा गर्ने भनिएको अभियान भने तत्कालका लागि स्थगीत भएकोे छ ।

पछिल्लोसमयमा मिडियामा बोल्न कम गरेका पुर्व डिआईजी खरेलले एक युट्युव चयानलसँग अन्तरवार्ता दिँदै आफूहरु तत्कालका लागि ज्ञानेन्द्र शाहीको समूहसँग अलग्गीएको पुष्टी गरेका हुन् । उनले सललाह गरेर सबैसँग नभेटी राजनीतिक दल नखोल्ने समेत दाबी गरेका छन् । कडा मिजासका खरेलको समूहसँग भएका पुर्वसचिव देवेन्द्र सिटौला भने उक्त अभियानमा नसुहाउने तर्क सामाजिक संजालमा हुन थालेको छ ।