राजनीति

उर्लियो नेविसंघको जनसागरः ७० करोड प्रकरणका बाँस्कोटालाई तत्काल कारबाहि गर्न माग

काठमाडौं । पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारबाहि गर्न माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्र्थी संघ नेविसंघ सडकमा उर्लिएको छ । ७० करोड सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँकोटालाई कारबाहिको माग गर्दै आज नेविसंघ त्रिचन्द्र क्याम्पस ईकाईले काठमाडौंमा प्रर्दशन गरेको छ ।

सेक्युरिटि प्रेस खरिद प्रकरणमा पुर्व सञ्चारमन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको अडीयो सार्वजनीक भएपछि बाँस्कोटाले राजिनामा दिईसकेका छन् । भने बाँस्कोटाले राजिनामा मात्र दिएर नहुने भन्दै कारबाहि गर्न प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सरकारलाई आग्रह गर्दै आएको छ ।

बिरोधमा उत्रिएकाहरुले ओली सरकारको चर्काे बिरोध गर्दै भ्रष्टचारलाई संरक्षण गरेको र करको दायर बढाएर जनताको ढाड सेकेको बताएका थिए । उता बाँस्कोटाले भने उक्त अडियो टेप नक्कली भएको भन्दै उनको अडियो सार्वजनीक गर्ने विजय मिश्रविरुद्ध लालिी बेईज्जतीको मुद्धा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएका छन् ।

यस्तै नेविसंघले स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनीक गर्न पनि माग गरेको छ । उस्ले ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न साथै ईन्धन र पुस्तकमा लगाईएको कर तत्काल खारेज गर्न चेतावनी पनि दिएको छ ।