काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दहालमाथी जुत्ता प्रहार गरिएको छ । भरतमोह अधिकारीको स्मृति सभामा राष्ट्रिय सभामा प्रमुख अतिथीको रुपमा बोलेर फर्किने क्रममा दर्शकहरु मध्येबाट जुत्ता प्रहार गरिएको बताईएको छ ।
अध्यक्ष दहाल र अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बिषयमा मदभेद भएकोले ओली निकटका नेकपा कार्यकर्ताले जुत्ता प्रहार गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । प्रहार गरिएको जुत्ता अध्यक्ष दहाल बसेको मञ्चमा भने नपुगेको बताईएको छ । यसभन्दा अगाडी पनि अधयक्ष दहालमाथी काठमाडौंमा जुत्ता प्रहार गरिएको थियो ।
जुत्ता प्रहार गर्ने व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।