काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवाले प्रचण्डले जनयुद्धका समयमा गरेका कुरा र अहिले कुरामा भिन्नता आएपछि जुत्ता प्रहार गरेको बयान दिएका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन् ।
उनले भने, जनययुद्धको समयमा ठुल्ठुला सपना देखाएको र त्यतिबेला बोलेका कुराहरु अहिले पूरा नगरेकाले आफुमा आक्रोश पैदाभएको बताए । कार्यक्रममा प्रचण्डले आदर्शवादी कुरा गर्दा मलाई चित्त बुझेन । त्यसपछि जुत्ता हान्दिएँ ।
राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर जुत्ता प्रचण्डसम्म पुगेन ।