काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले कोरोना भाईरसका बिषयमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका छन् । उनले सामाजिक संञ्जाल फेसबुकमा स्टाटस् लेख्दै ‘संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छौं। जोखिमसंग जुध्न राष्ट्रिय संकल्प जरुरी छ । प्रधानमन्त्रीज्यू हामी सरकारलाई प्रश्न मात्रै होइन मद्दत गर्न चाहान्छौं ।’ भनेका छन् । उनले ‘कोरोना भाइरस मुक्त नेपाल’ भन्ने लहडी कुराबाट मुक्त भएर जोखिमको सम्बन्धमा सरकारका पछिल्ला निर्णय ठिक छन् तर अपर्याप्त भन्ने लेखेका छन् ।
उनको स्टाटस्ः ‘कोरोना भाइरस मुक्त नेपाल’भन्ने लहडी कुराबाट मुक्त भएर जोखिमको सम्बन्धमा सरकारका पछिल्ला निर्णय ठिक छन तर अपर्याप्त छन्। संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छौं। जोखिमसंग जुध्न राष्ट्रिय संकल्प जरुरी छ । प्रधानमन्त्रीज्यू हामी सरकारलाई प्रश्न मात्रै होइन मद्दत गर्न चाहान्छौं ।