सामाजिक सञ्जाल

प्रचण्डलाई जुत्ता प्रहारमा धनराजको प्रतिकृयाः प्रहार गर्नेलाई वदल्न पहिले नेताहरु आफैं बद्लिन आबश्यक

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले नेताहरुमाथी गरिने भौतिक आक्रमण अराजनीतिक संस्कार भएके बताएका छन् । आज राष्ट्रिस सभा गृहमा नेकपा अध्यक्ष पुष्पकमल दहालमाथी भएको जुत्ता प्रहारतर्फ ईकित गर्दै नेता गुरुङले भन्दै तर नेताहरु किन बारम्बार भौतिक आक्रमणको निशानामा पर्छन् ? भन्ने प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै, ‘यो वा त्यो दलको कुरा हैन, जब नेताहरु भ्रष्ट,सामन्ती बन्दै जान्छ तब जनतामा निरासाको ज्वालामुखी फुट्न थाल्छ। प्रहार गर्नेलाई वदल्न पहिले नेताहरु आफै वद्लिन आबश्यक छ।’ भनेका छन् ।

उनको स्टाटस्ः नेताहरुमाथी भौतिक आक्रमणको प्रयास अराजनीतिक संस्कार हो। तर नेताहरु किन बारम्बार भौतिक आक्रमणको निशानामा पर्छन् ? यो वा त्यो दलको कुरा हैन, जब नेताहरु भ्रष्ट,सामन्ती बन्दै जान्छ तब जनतामा निरासाको ज्वालामुखी फुट्न थाल्छ। प्रहार गर्नेलाई वदल्न पहिले नेताहरु आफै वद्लिन आबश्यक छ।