राजनीति

नेता घिमिरेको प्रश्न: नेकपाले के-के गर्छ, नेविसंघले त्यो मात्र हेर्ने हो र ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ योजना र कार्यक्रममुखी हुने कि प्रतिकृयात्मक भन्दै प्रश्न गरेका छन् ।

आज फेसबुकमा एउटा स्टाटस लेख्दै भनेका छन्, “र्थी संघ योजना र कार्यक्रममुखी हुने कि प्रतिकृयात्मक ? ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने कार्ययोजना निर्माण गर्नु, संगठनभित्रका विवादहरु समाधान गर्नु र सबभन्दा पहिले त समितिलाई पूर्णता दिन लाग्नु पर्ने होइन र ? नेकपाको सरकारले के के गर्छ,त्यसैको प्रतिकृयामा मात्र समय खेर फाल्नु प्राथमिक दायित्व हो र ? सडक गतिविधि संचालन गर्ने काम अरू भातृ संस्थाले जिम्मा लिदाँ हुदैन र ! बिद्यार्थी हक हितसँग सम्बन्धित विषय बाहेकका मुद्दामा ने.बि.संघले आफ्नो समय किन खेर फाल्ने ? महाधिवेशनको तयारीका अलावा आफ्नो प्राज्ञिक छवि पुनर्स्थापित गर्न कोशिश गर्नु आजको प्रमुख आवश्यकता होइन र ? अर्को कुरा, आफू र आफ्नो पुस्ता नेता भन्दा योग्य देखिनु पर्दैन र?ने.बि. संघका साथीहरू ,आफ्नो कर्तब्यमा केन्द्रित हुनोस्, तपसिलका काममा होइन ।”