स्वास्थ्य

चीनबाट फर्किएका १ सय ७५ को स्वास्थ्य रिपोर्ट आज आउँदैः के घर जान पाउलान् त ?

काठमाडौं । चीनबाट र्फकाईएका १ सय ७५ जना नेपालीमा कोरोना भाईरस नभएको संकेत स्वास्थ्य मन्त्रालयले दिएको छ । तर बास्तबिक रपिार्ट भने आउन बाँकी नै छ । सबैको रिपार्ट आईसकेकाले स्वास्थ्य मन्त्रालयले आज मात्रै यसको बारेमा जानकारी गराउने भएको हो ।

चीनबाट र्फकाईएका १ सय ७५ जना यतिबेला भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा राखिएका छन् । सम्भवतः उक्त क्वारेन्टाईनमा रहेका सबैलाई आज घर र्फकाईने छ । दोस्रो पटक गरिएको स्वास्थ्य जाँचको रिर्पाट आएपछि उनिहरुलाई घर पठाईने भएको छ ।

धेरै जनाको स्वास्थ्य परिक्षण गर्नुपरेकाले धेरै समय लागेको र सबैको रिपार्टमा कोरोना नभएको पुष्टिभए आजै घर पठाईने बताईएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैको रिपार्ट आएपछि फेरी १ जनामा पनि यस्को लक्षण देखिए फेरी सबै जना अरु १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने छ ।

यस्तै क्वारेन्टाईनमा राखिएका कसैलाई पनि ज्वरो आउने, रुघा लाग्ने जस्ता लगाएका लक्षण देखिएको छैन । रिर्पाट बनाउने काम अन्तिम चरणमा रहेको र कसैमापनि संक्रमण नदेखीएको सा्रेतको दाबी छ ।

यस्तै चीनमा रहेकालाई उद्धार गर्न गएका जहाज चालक सहित १८ जनालाई कोरोना नभएको पुष्टि भएपछि १४ दिनको क्वारेन्टाईनपटि उनिहरुलाई हिँजो नै घर पठाईएको छ । उनिहरुलाई नगरकोटको खानेपानी लालिमकेन्द्रमा राखिएको थियो ।