विचार/ब्लग

कोरोना संक्रमणबाट बच्न तत्काल विदेशीलाई नेपाल प्रवेश रोक्नुस् !

काठमाडौं । कोरोना आतंक, जस्का कारण यतिबेला विश्वनै प्रभावित बनेको छ । चीनको बुहानबाट फैलन सुरु भएको कोरोना अर्थात कोभिड–१९ ले यतिबेला विश्वका विभिन्न ६४ भन्दा बढि देशहरुका नागरिकलाई छोईसकेको छ । उच्च सतर्कताका बाबजुत कुनैपनि मुलुक यो प्रकोपबाट बच्न नसेकोको अवस्था छ ।

चीनमा अत्याधीक प्रभाब भएपनि अन्य मुलुकमा पनि कोरोनाका कारण कयौं व्यक्तिको मृत्यु भईसकेको छ । कोरोना भाईरसका कारण विश्वमा आर्थिक, राजनीतिक, शैक्षिक देखी लिएर हरेक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । यतिमात्रै होईन चीनमा फैलिएको कोरोनाका कारण नेपालजस्ता बिकासशील कयौं मुलुकको विकासका कामहरुपनि डामाडोल अवस्थामा पुगेका छन् ।

बाटोघाटो, पुल पुसेला, विभिन्न सरकारी भवनहरुको काम बिचैमा बन्द गरिएका छन् । चीनीयाँ ठेकेदारहरुले बीचैमा काम छाडेका कारण वा अन्य कारणबाट नेपालमा पनि बिभिन्न आयोजनाहरु यतिबेला अलपत्र अवस्थामा पुगेका छन् । नेपाल र भारतबाट ल्याउनुपर्ने काम गर्ने कामदारहरु नभएपछी सडक निर्माण लगायतका काममा असर पर्न थालेको छ ।

नेपालका बिभिन्न गौरवका आयोजनाहरु बाटो–घाटो निर्माणको ठेक्का पाएका चीनियाँ कम्पनी चीनमै थुनिएपछि समस्या उत्पन्न भएको छ । नयाँ बर्ष मनाउन चीनियाँ ठेकेदारदेखी कामदारहरु चीन गएपछि फर्कन जोखिम हुँदा उनिहरु चीनमै थुनिएका छन् । जस्का कारण काममा असर मात्रै परेको छैन अलपत्रको कामले दुर्घटनाको उच्च जोखिम पनि भएको छ ।

नेपाललाई बिश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिमयुक्र मुलुकको संज्ञा दिनुले जनमानसमा त्रास श्रृजना गर्नु त सामान्य नै हो । यस्तै विभिन्न मुलुकमा आयोजना गरिएका सांस्कृतिक, खेलकुद, धार्मिक, महत्वपुर्ण बैठक, समारोहलगायतलाई समेतमा असर परेको छ । कोरोनाको त्रासका कारण विभिन्न मुलुकहरुमा धमाधम शैक्षिसंस्थाहरु बन्द हुन थालेपछि बालबालिकाको पढाईमा समेत प्रभाव पारेको छ ।

नेपालमा कोरोनाको बिषयमा उच्च सतर्कता अपनाउनु परेपनि हालसम्म कोरोना प्रभावित नेपाली नभेटिएको सत्य हो । कोरोनाको जोखिम बढ्न थालेपछी नेपाल सरकार घोषणा गरेको पर्यटन वर्ष २०२० तत्कालका लागि अन्य देशमा आयोजना गरिएका पर्यटन वर्षलाई लक्षीत गरि आयोजना गरिएका प्रचारात्मक कार्यक्रमहरुलाई स्थगीत गरिसकेको छ । जसको कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष पूर्णतः प्रभावित बनेको छ ।

भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याएर आर्थिक अवस्थालाई सुदृढपार्ने नेपाल सरकारको सपना यतिबेला चकनाचुर पारेको छ । विश्वभर कोरोनामा त्रास फैलिएपछी बाहिर मुलुकबाट नेपालमा घुम्नका लागि पर्यटक नै आउनै छाडेपछि नेपाललाई ठुलो आर्थिक क्षती पुगेको छ । यस्तै अन्य मुलुकमा माहामारीको रुप लिएको कोरोना भाईरसको संक्रमण नेपालमा आजसम्म कसैलाई देखिएको छैन जुन नेपालका लागि राम्रो पक्ष हो ।

र नेपाल सरकारले पनि यो भाईरसबाट मुलुकलाई बचाउनका लागि हरसम्भव प्रयास गर्दै सर्तकर्ताहरु पनि अपनाई रहेको छ । अन्य मुलुकको तुनलामा नेपालमा यो संक्रमणको नदेखिएपनि ढुक्क भएर बस्ने अवस्था भने छैन ।

विभिन्न मुलुकमा तीब्र रुपमा फैलिरहेको संक्रमणबाट बच्न नेपाल सरकारले सतर्कता भने अपनाउनु नै पर्दछ र विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिईसकेको अवस्थामा भारत र चीनबाट खुला सीमानाको फाईदा उठाउदै नेपाल प्रवेश गर्ने बिदेशी वा नेपाली नागरीकलाई कडा परिक्षण पश्चातमात्र प्रवेशमा अनुमति दिन आवश्यक छ ।

भनिन्छ नि ‘उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बेस’ त्यस्तैगरी कोरोना भाईरसको प्रकोप नेपालमा नभित्रँदै सरकारले यस्लाई कडाईका साथ प्रवेशमा कडाई गर्दै रोकथाममा लाग्नु बेस हुने छ ।

सरकारले भाईरसबाट जोगीनका लागि हर प्रयासहरु गरिरहेको छ तर जति हुनुपर्नेथियो त्यो भने छैन । सरकारको मात्र मुख ताक्ने भन्दापनि जनताले पनि आफू सचेत हुन जरुरी देखिन्छ, यो सामाजिक कुरा हो ।

माहामारी भित्रिएमा कसैलाईपनि छाड्दैन, मुलुकमा बस्ने सबै नागरिक निश्वार्थ भावनाले सजग र सचेत भने हुनै पर्दछ । यस्तै नेपाल सरकारले मुलुकबाहिर बाट आउने स्थान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कडाई गर्दै त्यहाँ हेल्प डेस्क, स्वास्थ्य परिक्षण डेस्क स्थापना गरेको छ । जहाँ बाहिरी देश देखी आउने नागरिकमा कोरोनाको केही संकेत देखिए परिक्षणगरी अस्पताल पठाउने गरिएको छ ।

नेपालमा यो भाईरसको संक्रमण÷ प्रकोप नदेखिएपनि बाह्य मुलुकहरु चीनपछि कोरिया, खाडी मुलुकहरु मलेसिया लगायतमा कोरोनाको प्रकोप बढ्न थालेपछि यतिबेला त्यहाँ बस्ने नेपालीहरु थ्प चिन्तित बनेका छन् । कामको शिलसिलामा नेपाल बाहिर रहेका नेपालीलाई यो भाईरसको उच्च जोखिम बढेको छ । भाईरसबाट बच्न निकै मानशिक तनाव उत्पन्न भएको छ ।

चीनमा रहेका नेपालीहरुलाई केहि समयअघि नेपाल ल्याईएको त छ । र चीनदेखी ल्याईएका १ सय ७५ जना नेपालीमा कोरोनाको भाईरस भने नभएको पुष्टि भएको छ भने जहाज चालक दलका कुनै पनि व्यक्तिमा संक्रमण नदेखिँदा घर र्फकाईएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ, यो पनि नेपाल र नेपालीका लागि खुशीकै कुरा हो ।

कोरोना प्रभावीत मुलुक चीनदेखी १ सय ७५ जनाको उद्धार गर्न सरकार सफल भएपनि अन्य धेरै मुलुकमा पनि नेपालीहरु रहेको हुँदा उद्धार गर्न सरकारले चासो देखाएको देखिँदैन । उनीहरुलाई पनि उद्धार गरेर तत्काल आफ्नो घर फर्काउन जरुरी देखिएको छ । बिश्वमा कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढिरहेको छ ।

तथ्याङ्क हेर्दा कोरोनाको कारण मर्नेको सङख्या लगभग ३ हजार पुग्नै लालेको छ । २ हजार ९ सय व्यक्तिको मृत्यु भईसकेको अवस्था छ भने ८७ हजार ५ सय ६५ मा यस्को संक्रमण देखिएको छ । यस्तै अहिलेसम्म चीनबाहिर कूल सात हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने कूल १२० जनाको मृत्यु भईसकेको छ ।

यस्तै अमेरिकामा एक व्यक्तिको मृत्यु भएपछि अमेरिकन राष्ट्रपती डोनाल्ड ट्रम्पले कडाई गरेका छन् । कोरोना प्रभावित कुनैपनि मुलुकमा भ्रमण नर्गन आफ्ना नागरिकलाई सचेत गराईएको छ भने त्यस्ता मुलुकदेखी आउनेलाई पनि अमेरिका प्रवेस निषेध समेत गरिएको छ ।

अमेरिका बाहेर अन्य मुलुकलेपनि आफ्ना देशका नागरिकलाई अन्य मुलुक भ्रमण नर्गन र बाहिरदेखी आउने ब्यक्तिलाई कडाई गरेको छन् । अन्य देशमा बिकराल रुपमा फैलँदै गएको यो भाईरसको प्रकोप सुरु भएको मुलुक चीनमा भने केहि नियन्त्रण हुँदै गएको छ ।

पहिलेको तुलनामा अहिले संक्रमण हुने र मृत्यु हुनेको सङ्ख्यामा केहि कमी आएको छ । यस्तै जापानले कोरोनाबाट बच्नका लागि आगामी मार्चदेखी बिद्यालय बन्द गर्ने घोषणा पनि गरिसकेको छ । कोरोना फैलिएको चीनमा झनै कयौं महिनादेखी शैक्षिक संस्थाहरु बन्द छन् भने कोरोनाको क्रासले बाहिर निस्कन गाह्रो भएपछि विभिन्न कल कारखाना, उद्योगहरुमा काम गर्ने मजदुरको कम उपस्थितीले उद्योगहरु धरापमा पर्न थालेका छन् ।

जस्ले गर्दा चीनको अर्थतन्त्रमा नराम्ररी असर परेको छ । केही समय अघि अष्ट्रेलीयामा सल्केको डढेलोका कारण विश्वलाईनै दुःखी तुल्याएको थियो । केही समय मै फेरी यो खतरनाक कोरोना भाईरसका कारण यतिबेला विश्वलाई नै चिन्तित बनाएको छ ।

आफ्नो मुलुकलाई यो भाईरसबाट बचाउन हरसम्भव प्रयास गर्दा गर्दैपनि भाईरसको प्रकोपबाट बच्न असम्भव भईरहेको छ । बिस्तारै नियन्त्रणको प्रयासमा बिश्व नै लागेको छ । नियन्त्रण हुन्छ भन्ने आशा गर्नुपर्छ । नेपालमा भने कोरोनाको प्रवेश रोक्न सरकारले कुनैपनि कसर बाँकी नराख्नुपर्ने अवस्था श्रृजना भएको छ ।

सरकारले पहल गरोस जनताको साथ छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत जिम्मेवार ब्यक्ती तथा संघ–संस्थाहरुलाई कोरोना संक्रमण भित्रन नदिन नाका रोक्दै बिशेष पहलकदमी चाल्न आग्रह छ ।