काठमाडौं । कोरोना भाइरसले गर्दा विश्व नै तरंगित बनाएको बेलामा नेपालले पनि विदेश भ्रमणमा नजान आग्रह गरेका छन् । सरकारले विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारीसमेत गरेको छ । उक्त भाइरसले गर्दा विश्वभरी ३ हजार भन्दा वढी मानिसको मृत्यू भइसकेको छ ।
सरकारले विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न पनि अपील गरेको छ । उनकाअनुसार दक्षिण कोरियामा इपीएल प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी दिन रोकसमेत लगाइएको छ ।





