पु.समाचार

सर्वोच्चले दियो सरकारलाई यस्तो आदेश !

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनानियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीले सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् ।

साथै ती देशका नागरिकको स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउन र शंकास्पद विदेशी र स्वदेशीलाई तत्काल आइसोलेसन र क्वारेन्टाइनमा राख्न पनि आदेश दिएको छ ।