काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ओली सरकारले अढाइ सय वर्ष अगाडी अंग्रेजले नगरेको अन्याय ओली सरकारले गरेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत डाक्टर भट्टराईले संसदलाई छलेर सरकारले कर लगाएको प्रति आक्रोस व्यक्त गर्दै अढाई बर्ष अघि अंग्रेजले नगरेको अन्याय अहिलेको ओली नेतृत्वको सरकारले गरेको बताए ।
सरकारलाई कर लगाउने अधिकार नभएपनि नियमको उल्लंघन गर्दै कर लगाएको भन्दै डा भट्टराई आक्रोसित भएका छन् । पेट्रोलियम पर्दाथमा सरकारले ५ प्रतिशत कर बढाएपछि ओली सरकारको चौतर्फि बिरोध भईरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकदेखी संसदसम्म बिरोध जनाईरहेको छ । भने संसदमा पनि सरकारले करको भार थोपारेर जनतालाई मार्न लागेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्शण गराएका छन् ।
यस्तै डा भट्टराईले ओली सरकारको यस्तो हर्कतको सबैले प्रतिबाद गर्नुपर्नेमा जोड दिएका छन् ।
उनको ट्वीटः संसदलाई छलेर सरकारले कर लगाउँन पाउँदैन, हुँदैन ! यो लोकतन्त्रको सार्वभौम नियम हो । अढाइ सय बर्ष पहिले अंग्रेज उपनिवेशवाद विरूद्ध अमेरिकी स्वतन्त्रता संग्राम“No taxation without representation”भन्ने नाराबाट शुरू भएको थियो !ओलीतन्त्रमा यसको नांगो उल्लंघन भएको छ१सबैले यसको प्रतिवाद गरौं !