राजनीति

धनराजको प्रश्न: काँग्रेसीले किशुनजीको सादगी मार्गमा नलागे उँहालाई सम्झनुको के अर्थ ?

काठमाडौं । काँग्रेस नेता धनराज गुरुगंले नेपाली काँग्रेसले कृष्ण प्रसाद भट्टराईले देखाउनुभएको बाटो अंगाल्नुपर्ने बताएका छन् । नेता गुरुगंले श्रद्धेय काँग्रेसका संस्थापक नेता स्व. कृष्ण प्रसाद भट्टराईको सदाचारको बाटोमा हिँड्न कांग्रेसलाई वदलौं, कांग्रेस वदल्नका लागि पहिले हामी नेताहरु आफै वद्लिन जरुरी भएको बताएका छन् । उनले किशुनजीको बाटोमा लाग्न काँग्रेसीले बदलिनुपर्ने तर्क गर्दै अन्यथा किसुनजीलाई सम्झनुको के अर्थ रहन्छ र ? भन्दै प्रश्न गरेका छन् ।

उनको स्टाट्स्ः श्रद्वेय सदाचारी नेता कृष्णपसाद भट्टाराईको स्मृती दिवशमा किसुनजीलाई सम्झनु भनेको उहाँले देखाउनु भएको सदाचारको मार्गमा कांग्रेसलाई हिंडाल्नु हो। त्यसका लागि कांग्रेसलाई वदलौं, कांग्रेस वदल्नका लागि पहिले हामी नेताहरु आफै वद्लिन जरुरि छ। अन्यथा किसुनजीलाई सम्झनुको के अर्थ रहन्छ र ?