बाबुराम आचार्य / बिश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघिसकेको छ । नेपालको सबैभन्दा नजिकका दुई छिमेकीमध्ये एक बिश्व शक्ती सम्पन्नको होडमा रहेको चीनबाट शुरु भएको कोरोना संक्रमणले बिश्वको झण्डै एक सय मुलुकमा प्रभाव जमाएको छ । कोरोनाका कारण अमेरिकामा मात्र ६ जनाको मृत्यु भईसकेको छ। यसका कारण ईरान, जापान, दक्षीण कोरिया लगायतका मुलुकमा प्रत्यक्ष प्रभावमात्र परेको मात्र छैन धेरै मानिसको निधन पनि भईसकेको छ ।
यसै अवस्थामा माहामारीको रुपमा फौलिदैं कोरोना संक्रमणबाट दुईहजार छ सय भन्दा बढीको चीनमा मात्र ज्यान लिएको कोरोनाको प्रभाव नेपालमा पनि पर्न थालेको छ। कोरोना संक्रमित बिरामी अहिलेसम्म नभेटिएपनि बिश्वमा परेको प्रभावका कारण नेपाल सरकारले चीनसहित ५ मुलुकबाट नेपाल घुम्न आउन प्रतिबन्ध लगाईसकेको छ भने देशभर हुने ठूला प्रकारका सभा सम्मेलन, कार्यक्रमहरु नगर्न आग्रह समेत गरेको छ । सरकारका मन्त्रीहरु, राष्ट्रपति, उपराष्ट्रपति लगायत उच्च ओहदाका ब्यक्तीहरुले ठूला औपचारिक कार्यक्रमहरुको आतिथ्यता रद्ध गरेका छन् ।
बिभिन्न कारणले संक्रमण हुने भनिएको कारोनाबाट बच्ने उपायको रुपमा रहेको माक्स लगाउने कार्य नेपाली दाजुभाईदिदीबहिनीहरुमा तीब्र गतिमा अगाढी बढेको छ। एकपटक प्रयोग गरेपछि माक्स परिवर्तन गर्नुपर्ने नियम भएकाले बजारमा माक्सको सर्टेज हुन थालेको छ । माक्स नपाएर सर्बसाधारणहरुले समस्या भोग्नुपरेको बताउन थालेका छन् । बैदेशीक रोजगारबाट नेपाल फर्किने दाजुभाईदिदीबहिनीहरुलाई बिमानस्थलमा कडा परिक्षण गर्न थालिएको छ भने अर्कोतिर बैदेशीक रोजगारमा जानेहरुपनि भिजा रद्ध गर्न थालेका छन् ।
असम्भव छ भन्नु चैं मुर्खता हो । यो पक्तीकारले एकजना बर्तमान सरकारका मन्त्री र केही बुद्धीजीवीलाई कुरा राख्दा भारतको सीमा बन्द गर्न असम्भव छ भन्ने कुरा गरे त्यसमा मैले दम देखिन । यो भारतसँग झगडा गर्ने बिषय होईन । कोरोना संक्रमण रोक्न भारतीय सीमा बन्द गर्दा भारत रिसाउने कुरा गलत छ । भारत रिसाउने भन्दा अझ खुशी हुन्छ, खुशी हुनुपर्छ ।
नेपालको मिनि युरोपको रुपमा चिनिने काठमाडौंको ठमेल क्षेत्रमा पर्यटकहरु शुन्यप्राय देखिन थालेका छन् भने आन्तरिक पर्यटनका रुपमा काठमाडौं वा अन्य स्थानबाट घुम्न आउनेहरुपनि आउन छाडेका छन् । होटलका रुमहरु प्रायः खाली नै भएको होटल संघले बताउँदै आएको छ। स्कुल कलेजहरु दिनदिँनै बन्द हुंदै गएका छन् । नेकपाको निर्देशन अनुसार राखिएको प्रदेश नं. १ को एक महत्वपूर्ण कार्यक्रम मंगलबार कोरोना संक्रमणको आतंकले नै एक्कासी बन्द भएको छ । पर्यटन बर्ष २०२० घोषण गरी बिश्वमा प्रचारमा लागेको नेपाल सरकारले प्रचार तत्कालका लागि बन्द गरेको छ ।
कर्पोरेट हाउस, उद्योग लगायतका मजजुर वा कर्मचारीहरु धेरै भएका प्रतिष्ठीत संस्थाहरुमा कोरोना संक्रमण जाँच्न ज्वरो नाप्न थालिएको छ। यसै अवस्थामा नेपाल सरकारले पछिल्लो समयमा चालेका कारोना संक्रमण रोक्ने प्रयासहरुको प्रशंसा नै गर्नुपर्छ । सरकारले चीनको बुहानबाट नेपाल फर्किन चाहने एक सय ७५ जना नेपालीहरुलाई सफलतापूर्बक काठमाडौं ल्यायो त्यो पनि सह्रानीय कार्य हो । उक्त कार्य राम्रो भएको फर्किएर आएका वा उनीहरुका अफन्तजनहरुले सार्बजनिक रुपमा बोलेका सकारात्मक अभिब्यक्तीहरुबाट पनि पुष्टी हुन्छ । फर्किएर आएका सबै नेपालीहरुमा कोरोना संक्रमण नभेटिनु पनि मुलुकका लागि गौरवको कुरा हो । उनीहरुको भाग्य बलियो भएको रुपमा पनि हेर्न सकिन्छ ।
कोरोना संक्रमणबाट बच्न एक महिने संकटकालको घोषणा गर्नुपर्छ । यही अवस्थामा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भएका छन् । उनले दैनिक रुपमा काम गर्न नसक्ने भएमा यस्तो मानबीय संकटको समयलाई ध्यानमा राख्दै अस्पतालबाटै राजीनामा दिनपनि पछि हट्नु हुन्न । प्रधानमन्त्री ओलीले काम गर्न सक्छन् भने अनय दलहरुले समस्याको रुपमा लिनु हुन्न । स्वास्थ्य लाभको कामना जतिपटक नै भनेपनि अस्पतालमा हप्तौं बसेर भने कार्यकारी प्रमुखले देशलाई नै बिरामी बनाएको ठहर्छ ।
देशभर ७५३ स्थानीय तह, सातै प्रदेश र केन्द्रमा बिश्वमा देखापरेको कारोना संक्रमणको आतंक छ । सबै नेपालीहरु इसको आतंकबाट मुक्त छैनन् । सरकारले पनि सकेको प्रयास गरिरहेको छ यसलाई सकारात्मक कदमको रुपमा नै लिनुपर्छ भनेर भनिसकियो तर सरकारले नेपालको खुल्ला सीमानाको रुपमा रहेको भारतीय सीमा चैं किन बन्द नगरेको त्यो प्रश्न भने गर्नैपर्छ । झण्डै डेढ अर्ब जनसंख्या भएको भारतमा कोरोना संक्रमण देखिएमा नेपालमा महामारीका रुपमा कोरोना भित्रिनेछ । सरकारले तुरुन्त भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकाहरु बन्द गर्नुपर्छ । सम्पूर्ण बिदेश जाने र नेपाल आउने फ्लाईटहरु बन्द गर्नुपर्छ । कोरोना संक्रमणबाट बच्न एक महिने संकटकालको घोषणा गर्नुपर्छ । यही अवस्थामा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भएका छन् । उनले दैनिक रुपमा काम गर्न नसक्ने भएमा यस्तो मानबीय संकटको समयलाई ध्यानमा राख्दै अस्पतालबाटै राजीनामा दिनपनि पछि हट्नु हुन्न । प्रधानमन्त्री ओलीले काम गर्न सक्छन् भने अनय दलहरुले समस्याको रुपमा लिनु हुन्न । स्वास्थ्य लाभको कामना जतिपटक नै भनेपनि अस्पतालमा हप्तौं बसेर भने कार्यकारी प्रमुखले देशलाई नै बिरामी बनाएको ठहर्छ । यसमा राजनीति गर्ने भन्दा पनि देशलाई महामारीबाट कसोरी बचाउने हो भन्नेतिर सबै राजनीतिक दल, पेशा व्यावशायी लाग्नुपर्छ ।
बिकास गर्नेबेला एकले अर्कोलाई गाली गर्ने, राजनीतिक दलले अराजनीतिक गतिबिधि गर्दै सत्ता पक्षलाई असफल बनाउन लाग्न नहुने भएपनि बिश्व राजनीतिक रङ्गमञ्चमा त्यस्ता गतिबिधि बढेको तीतो यथार्थ छ तर धर्म, रोग, मानवतामा राजनीति गर्ने प्रचलन भने प्रकृतिको हिसावले पनि नसुहाउने देखिन्छ । महामारीले कुनै पार्टी, पद, धन, धर्म, जात बर्ग हेर्दैन यो सबैलाई लाग्न सक्छ । भारतको सीमा रोक्नुपर्छ भन्ने कुराले भारत बिरोधी कुरा गरेको भन्ने होईन । कुनैबेला यस्तो अवस्था आउन सक्छ। नेपालमा नै काठमाडौंबाट बाहिर जान र राजधानी बाहिरबाट काठमाडौं आउन समेत प्रतिबन्ध गर्नुपर्छ । एक गाउँबाट अर्को गाँउ जान आउन प्रतिबन्ध लगाउनुपर्नेपनि हुनसक्छ । एक वडाबाट अर्को वडा जान आउन प्रतिबन्ध लगाउनुपर्ने हुन सक्छ । महामारी संक्रमणबाट बच्न कोरोना संक्रमण भएको मानिसलाई मार्ने गरेको हल्ला आईरहेको छ त्यो भने गलत छ बाँकी भने कुनैपनि कसर नराख्नु उपयुक्त हुन्छ । संक्रमण लागेकोलाई सकिनछ भने करोडौं खर्च गरेर पनि राज्यले बचाउनु नै बेस हुन्छ ।
कोरोना संक्रमणका कारण हुने रोगको पनि उन्मुलन नै होला वा एक चरणमा गएर नियन्त्रण भने विश्वले गर्ला नै । कोरोना संक्रमणबाट नेपालीहरुलाई बचाउने उपाय मात्र नेपाल सरकारले गर्न सक्छ । यसको नियन्त्रणको खोजी गर्ने हाम्रो सरकारसँग नेपाली जनताको आशा पनि छैन र कसैले गरेको भए त्यो गलत नै मान्नुपर्छ अन्य कुराहरु यथावत रहेको अवस्थामा । तर सरकारले जिम्मेवार राजनीतिक दलहरुको प्रयासले नै कोरोना संक्रमण नभित्रिन उपाय खोज्न सक्छ । उपायलाई लागू गर्न सक्छ । अन्य धेरै उपायहरु होलान्, छन् त्यसमध्ये एउटा छुटेको उपाय भनेको भारतीय खुल्ला सीमा बन्द गर्नु नै हो ।
कारोना संक्रमणका कारण बिश्वमा निधन भएकालाई हार्दिक श्रद्धान्जली र संक्रमितलाई स्वास्थ्य लाभको कामना भन्दै रोग लागेपछि उपचार गर्नु भन्दा रोग नै लाग्न नदिने बिश्व स्वास्थ्य संगठनको नीति बमोजिम नेपाल सरकारले सबै उपायहरु खेज्न जरुरी देखिन्छ । कुनैबेला मुसाबाट सर्ने प्लेग रोगको बिश्वभर माहामारीजस्ते भएको थियो, एचाईभी एड्स, क्यान्सर जस्ता रोगहरु निको नै नहुने रोगहरु हाम्रो समाजमा यथावत छन् । हात्तिपाईले रोग उन्मुलन नै भएको मानिन्छ । कोरोना संक्रमणका कारण हुने रोगको पनि उन्मुलन नै होला वा एक चरणमा गएर नियन्त्रण भने विश्वले गर्ला नै । कोरोना संक्रमणबाट नेपालीहरुलाई बचाउने उपाय मात्र नेपाल सरकारले गर्न सक्छ । यसको नियन्त्रणको खोजी गर्ने हाम्रो सरकारसँग नेपाली जनताको आशा पनि छैन र कसैले गरेको भए त्यो गलत नै मान्नुपर्छ अन्य कुराहरु यथावत रहेको अवस्थामा । तर सरकारले जिम्मेवार राजनीतिक दलहरुको प्रयासले नै कोरोना संक्रमण नभित्रिन उपाय खोज्न सक्छ । उपायलाई लागू गर्न सक्छ । अन्य धेरै उपायहरु होलान्, छन् त्यसमध्ये एउटा छुटेको उपाय भनेको भारतीय खुल्ला सीमा बन्द गर्नु नै हो । यो असम्भव छ भन्नु चैं मुर्खता हो । यो पक्तीकारले एकजना बर्तमान सरकारका मन्त्री र केही बुद्धीजीवीलाई कुरा राख्दा भारतको सीमा बन्द गर्न असम्भव छ भन्ने कुरा गरे त्यसमा मैले दम देखिन । यो भारतसँग झगडा गर्ने बिषय होईन । कोरोना संक्रमण रोक्न भारतीय सीमा बन्द गर्दा भारत रिसाउने कुरा गलत छ । भारत रिसाउने भन्दा अझ खुशी हुन्छ, खुशी हुनुपर्छ ।
जे भएपनि माहामारी रोक्ने एउटा नेपालका लागि महत्वपूर्ण उपाय भारतको सीमा तत्काल बन्द गरौं । भारतीय क्षेत्रमा बसोबास गर्नेहरुलाई नेपाल प्रवेश रोक लगाऔं । एकमहिने संकटकाल लगाऔं । कोरोना संक्रमण भित्र्याउन नदिन सबै उपायहरु खेजौं ।