मनोरञ्जन

स्टार हस्पिटलले गर्यो विश्व श्रवण दिवसको अवसरमा सांगितिक कार्यक्रम

काठमाडौं । एयर केयर नेपालले स्टार हस्पिटल सानेपा ललितपुर संगको सहकार्यमा वृहत सांगितिक कार्यक्रमको आयोजना गरेको छ । पाटन दरवार स्क्वायर परिसरमा आयोजित कार्यक्रममा संगितको माध्यमबाट कानको रोग तथा यसका रोकथामका सम्बन्धमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले, उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिई गितसंगितको माध्यमबाट जनचेतना पैmलाउन सहयोग गर्नुहुने कलाकारहरुलाई हस्पिटलले उपचार खर्चमा ५०% छुट प्रदान गर्ने घोषणा गर्नु भएको थियो ।

त्यसै अवसरमा एयर केयर नेपालका अध्यक्ष डा. मिलन महर्जन ज्यूबाट लिखित कान सम्बन्धी गित लोकार्पण गरिएको थियो । एयर केयर नेपालले आर्थिक रुपमा कमजोर भएका स्कुले बालबच्चाहरुको कानको उपचार स्टार हस्पिटलमा गर्दै आईरहेको छ ।