अन्तर्राष्ट्रिय

हङकङमा सुनको मूल्यवृद्धि

एजेन्सी । सुनको कारोबारका लागि निकै ख्याती कमाएको हङकङमा बुधबार प्रति टाएल सुनको मूल्य करिब एक हजार ९५१ अमेरिकी डलर ९१५ हजार १६० हङकङ डलर पुगेको छ ।

चिनियाँ गोल्ड एन्ड सिल्भर एक्सचेन्जका अनुसार अघिल्लो दिनको तुलनामा यो प्रति टाएल ३५० हङकङ डलरले वृद्धि भएको छ ।

केही समयदेखि विश्वव्यापी रूपमै सुनको मूल्यमा भारी वृद्धि भइरहेको छ ।