समाचार

मुलुकभर हावाहुरी, चट्याङ र असिना सहित वर्षाको सम्भावनाः मौसमवीद

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज देशका पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेने जनाएको हो । महाशाखाले देशका पश्चिमि भू–भागका लगायत मध्य र पुर्वका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः दिउँसोः देशका पश्चिमी भू–भागमा सामान्य बदली रही मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ–हावाहुरी–असिना साथै मध्य र पूर्वी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा गर्जन–चट्याङ–हावाहुरी–असिना र पूर्वी पहाडका एकर दुई स्थानमा मेघ गर्जन÷चट्याङ÷हावाहुरी÷असिना सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै शुक्रबार दिउँसोः देशका पश्चिमी भू–भागमा सामान्य बदली रही मध्य र पुर्वका भू–भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ ।

पश्चिमी भू–भागका केहि स्थानहरुमा र मध्य र पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ ÷ हावाहुरी÷असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

रातिः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ÷हावाहुरी÷असिना सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

शनिबार दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्हा÷वाहुरी÷असिना सहित वर्षाको सम्भावना समेत रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

रातिः देशभका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदलि रहनेछ । देशका पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन÷चट्याङ÷ सहित वर्षाको सम्भावना रहेको छ साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ ।