अन्तर्राष्ट्रिय

कोरोना आतंकः अमेरिकामा ११ को मृत्यु, क्यालिर्फोनियामा आपतकाल, नेपालमा उच्च जोखिम

काठमाडौं । चीनको बुहानबाट फैलिएको प्राण घातक भाईरस कोरोनाले यति बेला विश्वलाई नै घेरेको छ । चीनबाहेक अन्य मुलुकमा पनि मृत्यु हुनेहरुको सङख्या तिब्र रुपमा बढ्न थालेको छ ।

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङख्या झण्डै एकै दिनमा दोब्बर बढेको छ । अमेरिकारमा आजसम्म मृत्यु हेनेको सङख्या ११ पुगेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार विश्वमा अहिले ९२ हजार बढी कोरोनाभाइरसका बिरामी भेटिएका छन् । जसमध्ये ८० हजार चीनमा मात्रै छन् । तीनहजार बढीको मृत्यु भइसकेको छ ।

यस्तै कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ । त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन् ।

कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ । त्यो युरोपको सबैभन्दा गम्भीर सङ्क्रमण हो । प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन् ।

यसरी मुलुकैभर तिब्र गतिमा कोरोना भाईरस फैलन थालेपछी मुलुक बाहिर बिभिन्न देशमा रहेका सारा नेपालीहरुमा क्रास बढेको छ । मुलुकबाहिर रहेका नेपालीमा कोरोना संक्रमणको उच्च जोखिम बढेको हो ।

अमेरिका, दक्षिण कोरीया, भारत लगाएतका मुलुकमा नेपालीहरु रहेका कारण जोखिम बढेको छ । भने नेपालमा पनि यस्तको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले यसअद्धि नै चेतावनी दिईसकेको छ ।