काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले लोकतन्त्रमा कुनैपनि बिवादको समाधान सम्बादबाटै हुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले लोकतन्त्रमा कुनै विवादित विषय टुङ्ग्याउन सम्वादबाट समाधान वा विधी प्रयोगबाट समाधान खोजिने बताए ।
उनले बहुमतले अल्पमतलाई तिरस्कार गर्ने र अल्पमतले बहुमतलाई बहिस्कार गर्ने दुबै कार्य लोकतन्त्रको परिभाषा भित्र नपर्ने भन्दै सचेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनको ट्वीटः लोकतन्त्रमा कुनै विवादित विषय टुङ्ग्याउन सम्वादबाट समाधान वा विधी प्रयोगबाट समाधान खोजिन्छ । बहुमतले अल्पमतलाई तिरस्कार गर्ने र अल्पमतले बहुमतलाई बहिस्कार गर्ने दुबै कार्य लोकतन्त्रको परिभाषा भित्र पर्दैन । हामी कांग्रेसी नेताहरुले ख्याल राखौं ।