आर्थिक

सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालप्रा. लि. बीच सानिमा बैंककाग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा (EMI) प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्य (RRP) माखरिद गर्न सक्नेछ । यसै गरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिना सम्मको मासिक किस्ता (EMI) भुक्तानी गर्न सक्नेछ । साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको Galaxy s20 / Galaxys20+ विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहारसमेत प्राप्त गर्न सक्नेछ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपालप्रा. लि. को तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।