समाचार

१० रुपैयाँको मास्कलाई ३० रुपैयाँमा बिक्री गर्ने दुई मेडिकलमा प्रहरीले लगायो ताला

पोखरा । औषधी पसलहरुले १० रुपैयाँ पर्ने साधारण मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ ।

कोरोना भाइरसले विश्वनै तरंगित बनाएको समयमा बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएपछि महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अघिल्तिरको परी औषधी पसलमा अनुगमन टोलीले ताला लगाएको हो ।