अन्तर्राष्ट्रिय

कोरोनाले ईटलीमा लियो १ सय ४८ को ज्यानः बेलायतमा पनि पहिलो व्यक्तिको मृत्यु

काठमाडौं । चीनको बुहानबाट फैलिएको प्राणघातक कोरोना भाईरसका कारण अन्य मुलुकमा मृत्यु हुनेको सङख्यामा तिब्रता आएको छ ।

कोरोनाका कारण ईटलीमा मात्रै १ सय ४८ जनाको मृत्यु भईसकेको छ । बिहामात्रै ईटलीमा ४१ को मृत्यु भएसंगै मृत्यु हनेको सङख्या बढेको हो । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो ।

यस्तै संसरकारभर कोरोना भाईरसका कारण मृत्यु हुनेको सङख्या ३ हजार नाघिसकेको छ । भने ९५ हजार बढी संक्रमीत रहेका छन् ।

इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ । उता बेलाएतमा पनि एक जनाको मृत्यु भएको समाचार जार्वजनिक भएको छ । हिजो एक व्यक्तिको मत्यु भएको हो ।