आर्थिक

सुनको मुल्यले यसरी राख्यो नयाँ रेकर्डः तोलामा लाख पुग्नै थाल्यो !

काठमाडौं । सुनमा लगातार मुल्य बढ्दै जाँदा मुल्यले किर्तिमानी कायम गरेको छ । चीनमा फैलिएको कोरोना भाईरसका कारण सुनमा मुल्य अत्यधीक बढेको छ ।

सुनको मुल्य बढेरै लाखको हाराहारीमा पुग्नै थालीसकेको छ । आज सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज तोलाको ८२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो ८० हजार ७ सयमा कारेबार भएको सुन आज फेरी एकैदिन १८ सय बढेर ८२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो हप्तामात्रै सुनको भाउ ४ हजारले बढिसकेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार बढेर तोलामा अहिलेसम्मकै महँगो ८२ हजार पाँच रुपैयाँ पुगेको हो ।

चाँदी भने तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।