राजनीति

नेता थापाको आक्रोसः कोरोनाको नाममा जनतालाई सचेत गराउनुको साटो त्रसित गराईयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले चीनबाट फैलिएको कोरोना भाईरसप्रति गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् ।

नेपालमा कोरोना छैन भनेर कानमा तेल हालेर बस्ने अवस्था नभएको भन्दै सर्तकता अपनाउनु पर्नेमा जोड दिएका छन् । विश्वभर तिब्र गतिमा यस्को भाईरस फैलिरहेकाले नेपाल सरकारले चनाखो भएर सर्तकता अपनाउन जरुरी रहेको उनले बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा कोरोना भाईरसको विषयमा सार्वजनिक महत्वको विषय दर्ता गराउँदै यस्तो बताएका हुन् । प्रस्ताव दर्ता गर्दै थापाले नेपालबाट बाहिर जानेबारेमा मन्त्रालय पिच्छे फरक धारणा आएको बताए ।

उनले कोरोनाबारे नागरिकलाई सचेत गरानु ठीक भएपनि तर्साउन नहेने बताए । उनले स्वास्थ मन्त्रालयको नेतृत्वमा सबै काम हुनुपर्ने बताए । उनले प्रश्न गरे, इरानको जस्तो भएमा के गर्नेरु रातिसम्म के केही भएको थिएन इरानमा विहानै दुइ जनाको मृत्यु भएको खबर आयो ।

उनले उच्चस्तरीय समन्वय समितिले एकिकृत कार्ययोजना ल्याउनुपर्ने मागसमेत गरेका छन् । संसदमा समेत कोरानका विषयमा समिति गठन गर्न थापाले माग गरे । उनले नेपालको भुगोलको कारणलेमात्र अति उच्च जोखिममा नराखिकएको उल्लेख गर्दै नेपाल बाहिरबाट आएका केही नागरिकले निर्वाध नेपाल प्रवेश पाइरहेको बताए ।

थापाले यसरी भित्रिनेहरुलाई तत्काल रोक्न माग गरे। थुप्रै कामदार नेपाल आएका छन् । ट्रेकिङ गरिएको छैन । नेपालबाट बाहिर जानेको मन्त्रालय अनुसार फरक आएको छ । वन मन्त्री आफै विदेश जानुभएको छ उनले भने ।

उनले मान्छे अस्पतालबाट किन भाग्यो त्यो खोजिनुपर्ने बताए। उनले अस्पतालमा काउन्सिलिङ गर्नुपर्ने बताए। त्यसैगरी थापाले बजारमा कालोवजारी रोक्न जरुरी भएको बताए ।