काठमाडौं । बिशेष अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसंधान आयोगले ललिता निवास जग्गामा गरिएको भ्रष्टाचार मुद्धाका दोषी ठानिएका नेपाली काँग्रेसका उपसभापति बिजय गच्छदार, पुर्व मन्त्रीद्वय डम्बर श्रेष्ठ र छविराज पन्त, अख्तियार दुरुपयोग अनुसंधान आयोगका पूर्ब प्रमुख दीप बस्न्यात बिरुद्धमा १५ दिने म्याद जारी गरेको छ ।
१७५ जनाको मुद्धा परेकोमा ७४ जनाको नाममा म्याद जारि गरिएको बिशेष अदालतका उपरजिष्ट्रार इन्द्र कुमार खड्काले बताएका छन् ।
११० मध्ये ४४ र जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका ६५ मध्ये ३० जनाको नाममा म्याद जारी भएको खड्काले बताएका छन् ।
भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङका छोरा कल्याण गुरुङ, गैरआवाशीय नेपाली संघ लगायतको नाममा रहेको सरकारी जग्गा फिर्ता हुनु्पर्ने माग अख्तियारले गरेको छ ।