मनोरञ्जन

के नेपालमा मिस वर्ल्ड प्रतियोगिता होला त ?

काठमाडौं । मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ली नेपाल आएसँगै नेपालमा मिस वर्ल्ड आयोजना गर्ने भन्ने कुराहरु केहि मात्रामा चर्चा चल्न थालेको छ । अध्यक्ष मोर्ली नेपालमा मिस वर्ल्ड आयोजना गर्ने सम्भाव्यता बुझ्न नेपाल आएकी छन् । सन् २०१९ कि मिस वर्ल्ड टोनी एन सिंह पनि नेपाल आएकी छन्। उनलाई स्वागत गर्नको लागि मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरेकी थिइन् ।

नेपालमा मिस वर्ल्ड आयोजना गर्ने हल्ला चलेपनि नेपालमा यस्तो ठुलो कार्यक्रम चलाउनलाई र आयोजना गर्नको लागि निकै कठिनाईको विषय पनि हो। किन भने नेपालले पहल गरेता पनि व्यवस्थापन गर्नको लागि समस्या नै हुन्छ । विश्वकै ठुलो प्रतियोगिता नेपालमा गर्नको लागि आर्थिक, राजनीतिक, सामाजिक, सुरक्षा र स्रोतसाधनको आभावले गर्दा असम्भव छ । 

अध्यक्ष मोर्लीले पर्यटन मन्त्री योगेश भट्टराईलाई बिहीबार भेटघाट गरेकी थिइन् । सो भेटघाटमा प्रारम्भिक छलफल भएको मन्त्रालयले जनाएको छ । तीन दिनको तालिकामा आएको मिस वर्ल्डको टोली शुक्रबार श्रृंखला र अनुष्कालाई ब्यूटी विथ दि प्रपोजको अवार्ड दिलाएको प्रोजेक्ट अवलोकनका लागि सो टोली मकवानपुर पुगेका छन् ।