काठमाडौं । आज काठमाडौं उपत्यका लगाएत मुलुकैभरी वर्षा भईरहेको छ । काठमाडौंमा आज बिहानदेखी मध्यम खालको वर्षा भईरहेको छ । जस्का कारण फेरी चिसो बढेपछि वर्षाले जनजीवन प्रभावित भएको छ । अहिले देशका अधिकांश भू–भागमा वर्षा र हिमपात पनि भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । आज देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेको छ ।
अन्य स्थानहरुमा मेघगर्जन चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना छ । गर्मीको आगमन हुन लागेको संकेतका रुपमा आजको वर्षा र हिमपातलाई लिइएको छ । वर्षाका कारण चीसो बढेको छ ।
मौसम पूर्वानुमान विभागका अनुसार देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदलि रहनेछ ।
देशको पश्चिमी भु–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु–भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङर सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।