एजेन्सी । चीनको बुहानबाट महामारीको रुपमा फैलिँदै गएका कोरोना भाइरसको संक्रमण इटालीमा थप चुनौतिपूर्ण बनेको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।
शुक्रबार एकै दिन ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै २०० पुगेको हो।
इटालीमा अहिलेसम्म ४६ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाका कारण चीन बाहिर सबैभन्दा धेरैको मृत्यु हुने देश इटाली हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिलेसम्म झण्डै एक लाखजनामा कोरोनाको संक्रमण भएको जनाएको छ ।
अहिलेसम्म विश्वभर गरेर ३२ सयजना भन्दा बढीको ज्यान गएको छ । ज्यान गुमाउने अधिकांश चीनका छन् ।