सुदूरपश्चिम

कार्यालय सहयोगीसहित २ जना मृतावस्थामा फेला

बैतडी । मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् ।

सो नगरपालिका मेलौली –६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका-३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले आज जानकारी दिए ।

यस्तै डिलाशैनी गाउँपालिका-३ बगडीस्थित सडकछेउमा दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेको र मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउन लागिएको उनले बताए ।