लुम्बिनी

मुख्यमन्त्री पोखरेलद्वारा होली पर्वको शुभकामना

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताएका छन् ।

आज शुभकामना विज्ञप्ति जारी गरी उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष महत्व रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले शुभकामनामा नोबेल कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिमलाई ध्यान दिँदै होली ठूला जमघटमा नभई पारिवारिकरूपमा मनाउन आग्रह गरेका छन् ।