पु.समाचार

गगनको अपीलः म पनि परिवारमा नै होली खेल्छु तपाईहरुपनि परिवारमा नै रमाउनुस् है !

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले आम सर्बसाधारणलाई होली खेल्न भीडभाडमा नजान आग्रह गरेका छन् । उनले आफू यसपटकको होलीमा आफ्नो परिवारसँगै रहने भन्दै यस वर्ष कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै सरकारले धेरै मानिसहरू जम्मा हुने कार्यक्रम आयोजना नगर्न र सहभागी नहुन आग्रह गरेको छ। त्यसैले भिडभाडमा नजाऔं भन्ने अपील गरेका हुन् । सरकारले पनि भीडभाडमा नजान सर्बसाधारणका नाममा आग्रह गरिसकेको छ। आज काठमाडौं उपत्यका लगायतका स्थानमा होली पहिलजसरी मनाउने भीडभाड देखिँदैन ।

स्टाटस् जस्ताको तस्तैः ‘फागुको शुभकामना ! यस वर्षको फागु परिवारसंग !
यस वर्ष कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै सरकारले धेरै मानिसहरू जम्मा हुने कार्यक्रम आयोजना नगर्न र सहभागी नहुन आग्रह गरेको छ। त्यसैले भिडभाडमा नजाऔं।
म यसपटकको फागुमा परिवारसंगै रहनेछु।
सावधानी अपनाऔं, सुरक्षित रहौं !’