काठमाडौैं । प्रहरीले होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ६५ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ७ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि छन् । समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् ।