काठमाडौं । काँग्रेस नेता धनराज गुरुङले भुइँचालो, नकाबन्दी हुँदै भ्रष्टाचारका महाकाव्यले भाँचिएका नेपाली जनताको मनहरु रङ्गीनका लागि गाह्रो भएपनि कारोना भाईरसले नेपालीहरुलाई होली मनाउन मन नलागेकोमा भावुकता देखाएका छन् ।
उनले फेसबुकमा लेख्दै नेपाली जनताको रङ्गहीन मनहरुका अगाडि कोरोना भाइरस कारण बनेर होलीमा उभिएकोमा दुःख पोखेका छन् । उनले शुभकामना दिँदै भाँचिएका मनहरुलाई तङ्–याउने अठोट श्रृजना हुन उर्जा दिन खोजेका छन् ।
उनको स्टाटस्ः भुइँचालो, नकाबन्दी हुँदै भ्रष्टाचारका महाकाव्यले भाँचिएका नेपाली जनताको मनहरु रङ्गीनका लागि गाह्रो नै थियो। नेपाली जनताको रङ्गहीन मनहरुका अगाडि कोरोना भाइरस कारण बनेर होलीमा उभियो। भाँचिएका मनहरुलाई तङ्–याउने अठोटकासाथ सबैलाई होलीको शुभकामना !