काठमाडौं । कोरोना त्रासका कारण कतार सरकारले नेपाली सहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतारले आफ्नो देश प्रवेश गर्न अस्थाई रुपमा प्रतिबन्ध लगाएपछी रोजगारीका लागी कतार जानेक्रम तत्कालका लागि रोकिएको छ ।
जसकारण कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरुको सेवा पनि नराम्रो संग प्रभावित भएको छ । निजी क्षेत्रको हिमालय एयरलायन्ले काठमाडौं– दोहा उडान यसअघि नै स्थगीत गरिसकेको छ, भने सरकारी वायुसेवा निगम नेपाल ऐयरलायन्सले पनी बन्द गर्ने गृहकार्य थालेको छ ।
नेपाल ऐयरलाएन्सले काठमाडौं– दोहा हवाई उडान स्थगीत गर्नेबारे आज निर्णय गर्ने जनाएको छ । नेपालीहरुको रोजगारीको राम्रो गन्तव्य बनेको कतारमा कोरोनाका कारण प्रवेशमा रोक लगाएसंगै श्रम स्वीकृती लिईसकेका कामदारहरुलाई प्रभावीत तुल्याएको छ । हाल कतारमा १ लाख ३० हजार नेपाली कामदारहरु रहेका छन् ।
यस्तै हिजोमात्रै साउदी जानलाई हिँडेका कामदारहरु विमानस्थलबाट फर्काइएएका छन् । फ्लाई दुबई र एयर अरेबियामार्फत साउदी जाने यात्रुलाई काठमाडौंमा रोकिएको हो । यस्तै युएईमा पनि ५९ जनाका कोरोना देखीएको छ जस्मा दुई जना नेपाली रहेका छन् ।
नेपालीको रोजगारको गन्तव्य मानीने मुलुकहरुले आफ्नो मुलुक प्रवेश निषेध गर्न थालेपछी नेपाली अर्थतन्त्रमा पनि असर पर्ने देखिएको छ । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा असरपर्ने हुँदा आर्थिक अवस्थामा असर पर्ने देखिएको छ ।