एजेन्सी । कोरोना भाईरस कोभिड १९ को प्रकोप ईटालीमा तिब्र गतिमा फैलिएको छ । मृत्यु हुने र संक्रमीतको सङख्या अन्य मुलुकको तुलनमा अत्यधीक बढ्न थालेपछी त्यहाँका नागरिक त्रसित भएका छन् ।
चीनको बुहानबाछ फैलिएको कोरोना भाईरसले कयौं देशका नागरिकलाई छोईसकेको छ । त्यस्मा पनि चीनपछी धरै प्रभाव ईटालीमा देखीएको छ । ईटालीमा कोरोनाको कारण मृत्यु हुनेको सङख्या ४ सय ६३ पुगेको छ ।
संक्रमीतको सङख्या ९ हजार पुगेपछी ईटाली सरकार अत्यधिक सर्तक बनेको छ । ईटाली सरकारले आफ्ना ६ करोड नागकिलाई क्वारेन्टाईनमा राखेको छ ।
साथै अत्यावस्यक बाहेकको घर बाहिर ननिस्कन आफ्ना नागरीकलाई खपिल गरेको छ । ईटालीका प्रत्ययक नागरिकलाई यात्रामा पनि रोक लगाईएको छ ।