समाचार

एकाबिहानै प्रहरीको खोजी सुचीमा रहेका ठेकेदार मनोज भेटवाल परे पक्राउ

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्यु टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । प्रहरीको खोजी सुचिमा रहेका भेटवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान पक्राउ गरेको हो

। एपेक्स बैंक घोटाला काण्डमा मुछिएका क बर्गका ठेकेदार टेटवाललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार प्रहरीको खोजी सुचिमा रहेका भेटवाल भारतको दिल्लीबाट काठमाडौं आएपछी नियन्त्रणमा ल्याईएको हो । भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो ।

प्रहरीले उच्च अदालत पाटनबाट अनुमति लिएर नियन्त्रणमा लिएको बताएको छ । २०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणा लिएको थियो ।

भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इन्नोभेटिभ कन्सेप्ट नेपालका नामबाट ऋण लिएको देखिएको छ ।