काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स् कम्पनी लिमिटेडअन्तर्गत स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा बलराम खत्री चुनिएका छन् ।
युनियनको पाँचौँ महाधिवेशनबाट अध्यक्ष खत्रीसहित १७ सदस्यीय टोली निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित उपाध्यक्ष पदमा वसन्तराज कार्की नानीबाबु आचार्य, राजकुमार कुशवाह र दीपक पन्थी हुनुहुन्छ भने महासचिवमा नरेशकुमार थापा छन् ।
त्यसैगरी युनियनको सचिवमा दन्तकेशरी दाहल र कोषाध्यक्षमा मुना लामिछाने छन् । सदस्यहरुमा कर्मालाल योञ्जन, नवीन पौडेल, शीला घिमिरे उमेश भट्टराई, विष्णुराज जिसी, कुशल अधिकारी र हेरम्ब न्यौपाने छन् । बाँकी दुई सदस्य भने आगामी दिनमा मनोनीत गर्ने युनियनका निर्वाचित महासचिव नरेशकुमार थापाले जानकारी दिए ।