समाचार

जिप दुर्घटनाका चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

गोरखा  । बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा मंगलबार भएको जिप दुर्घटनामा सख्त घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

१८ वर्षीया विमला गुरुङ, २० वर्षीया रमा गुरुङ, २३ वर्षीय विनोद गुरुङ र ३३ वर्षीय श्रीमान् गुरुङलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। माउन्टेन एयरको हेलिकप्टरमार्फत ग्रिनसिटी अस्पताल लगिएको एसपी ओम अधिकारीले बताए। नौ जनालाई भने थप उपचारका लागि गोरखा अस्पताल ल्याइँदै छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

गोरखा बजारतर्फ आउँदै गरेको बा १५ च १०१६ नम्वरको जिप सौरपानीको केवरा र सिम्वुबीचको छहरे खोलामा दुर्घटना भएको हो। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी अनुमान छ। जिप सडकबाट झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ।