मनोरञ्जन

नीर विक्रम शाहको राजिनामा स्वीकृत, चलचित्र संघको संरक्षकमा हरिवंश आचार्य नियुक्त

विशिष्ट कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट कार्य व्यस्तताका कारणले दिएको राजिनामा स्वीकृत गरेको छ । संघको साल फागुन २१ गते बुधबार बसेको कार्यसमितिको बैठकले राजिनामा स्वीकृत गरेको हो ।

संघको स्थापनाकाल देखि नै पु¥याएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै उनले आफ्नो कार्यकालमा दिएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ । साथै उक्त वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गरेको छ । नव नियुक्त संरक्षक पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म रहने छ ।

नव नियुक्त संरक्षक हरिवंश आचार्य विगत ४ दशक भन्दा बढी समयदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धन तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि चलचित्र क्षेत्रको उत्थानमा क्रियाशील कलाकर्मी हुन् ।