समाचार

एकाबिहानै पुर्व सञ्चारमन्त्री वाँस्कोटाको घरमा कस्ले गरायो बम विस्फोट ?

काठमाडौं । पुर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाको घरमा एका बिहानै बम विस्फोट भएको छ ।

भक्तपुरको लोकन्थलीस्थित पुर्व सञ्चारमन्त्री वाँस्कोटाको घरमा (बुधबार) आज बिहान बम बिस्फोट भएको प्रहरीले बताएको छ । घरको पूर्वतर्फको पर्खालमा राखिएको बम बिस्फोट हुँदा उनको घरको गेटमा क्षती भएको छ भने झ्यालका सिसा समेत फुटेको बताईएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले ठिमी वृत्तका डीएसपी शान्तिराज कोइरालाले अहिले केही नबोल्ने बताएका छन्छ ।

घटना कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । केही समयअघि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।