काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापती शेरबहादुर देउवा आफ्नै कमजोरी र नैतिक धरातलका कारण सशक्त प्रतिपक्षी नेता बन्न नसकेको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले देउवा प्रतिपक्षको भुमिकामा कमजोर तर सक्तापक्षसंग साँठगाँठ र चोचोमोचो मिलाउन धेरै सक्रिय रहेको दाबी गरे । उनले देउवा सजिला प्रतिपक्ष नेता भएको कारण नै नेतृत्वमा रहिरहुन भन्ने चाहना सत्तापक्षको भएको आशंका पनि व्यक्त गरेका छन् ।
नेता पौडेलले कांग्रेसमा विचार र आर्दश बोक्ने नेतालाई माथि उठ्न नदिन शक्तिहरु लाग्ने गरेको गुनासो गरेका छन् । कांग्रेस महाधिवेशनको चहल–पहल सुरु भईसकेका बेला पछिल्लो शक्ति संर्घषमा पार्टी सभापती देउवा प्रयोग हुने खतरा महसुश उनले गरेका छन् ।
कांग्रेसले आन्तरीक कलहका कारण धेरै पटक बहुमत प्राप्त गरेर पनि राजनीतिक स्थायित्व दिन नसकेको भन्दै उनले पार्टी फेरी त्यो बाटोमा नजाओस भन्ने आफ्नो चाहना रहेको बताए ।
साथै नेकपभित्र अहिले आन्तरीक कलह चर्कीदै गएको तर्फ ईंगित गर्दै हिजोको दिनमा कांग्रेसमा जसरी दुर्घटना भयो त्यो ईतिहासबाट नेताहरु सच्चीएर केपी ओली देखी प्रचण्डसम्म सच्चिन जरुरी रहेको बताएका छन् ।
उनले नेकपाका नेताहरुको एक अर्काप्रतिको ईस्र्याका कारण मुलुक अस्थिरतातर्फ नजाओस भन्ने आफ्नो चाहना रहेको बताए । सत्तापक्ष वा प्रतिपक्ष दल सिस्टम बिना आफ्नो सुविधाको बाटो हिँड्ने प्रवृत्तिले देश अस्थिर हुने खतरा औंल्याएका छन् ।
नेता पौडेलले जनता नेकपबाट निराशा भई कम्युनिष्ट सक्तालाई भरोसा गर्न नसकेको भन्दै कांग्रेसमा आशा गर्नेबेला ढुलमुले प्रवृत्तिले कांग्रेसप्रति पनि आश्वस्त नै हुने ठाउँ बनाउन कमजोर भएको बताए ।
नेता पौडेलले कांग्रेस प्रजातन्त्रका लागि जन्मिएको भन्दै यसलाई संस्थागत गर्ने कुरामा पार्टीमा सबै एकजुट भएर लाग्न जोड दिँदै कम्युनिष्टमा खेल्ने नभई आफु बलियो प्रतिपक्ष बन्नुपर्ने बताएका छन् ।





