लुम्बिनी

बोलेरोको ठक्करबाट एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।

चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका-५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

ठक्कर दिने बोलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।